नियम ४
मुख्य न्यायाधीशको जिम्मेवारी र कर्तव्य
(१) मुख्य न्यायाधीशले न्याय परिषद् ऐन, २०७३ को दफा ११ मा उल्लिखित खराब आचरण वा आचार संहिताको गम्भीर उल्लङ्घन र दफा १२ मा उल्लिखित न्यायाधीशले पदीय कर्तव्य इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको विषय, बद्रियतपूर्वक काम गरेको र आचरण खराब रहेको विषयमा केही बुझिन आए वा देखिन आए तत्कालै त्यसको विवरण प्रधान न्यायाधीशसमक्ष पठाउनु पर्नेछ।
(२) मुख्य न्यायाधीशले अदालत र जिल्ला अदालतका न्यायाधीशको कार्य विवरणसम्बन्धी विवरण प्रत्येक महिना प्रधान न्यायाधीशसमक्ष पठाउनु पर्नेछ।
(३) अदालत र मातहत अदालतका अधिकृत कर्मचारीहरूको अनुशासनसम्बन्धी बिषय, पदीय कर्तव्य इमान्दारीपूर्वक पालना नगरेको विषय र आचण खराब रहेको विषयमा आएका गुनासा, सिकायत एवम् देखिएका कमी कमजोरीका सम्बन्धमा मुख्य न्यायाधीशले आफ्नो तहबाट आवश्यक कदम चाली समाधान गर्ने र समाधान हुन नसक्ने वा गम्भीर प्रकृतिका विषयहरू देखिए तत्कालै त्यसको विवरण प्रधान न्यायाधीशसमक्ष पठाउनु पर्नेछ।
(४) नियम ३ बमोजिम आफ्नो र मातहत अदालतहरूको प्रशासनिक नियन्त्रण गर्ने कार्य वा उपनियम (१), (२) र (३) का विषयमा तत्काल गर्नुपर्ने कार्य नगरी वा चाल्नुपर्ने कदम नचाली अनुशासनहीनता बढ्न गएमा वा जनमानसमा त्यसबाट अदालतप्रति नकारात्मक धारणा बन्न गएमा त्यसको जवाफदेहिता मुख्य न्यायाधीशको हुनेछ।
(५) मुख्य न्यायाधीशसँग समन्वय कायम गरी आफू कार्यरत इजलास वा अस्थायी इजलासको मुख्य भई काम गर्ने न्यायाधीशले काम कर्तव्य निर्वाह गर्नु पर्नेछ।